हिमाल आरोहीबाट साढे १० करोड उठ्यो

१ महिना अगाडि

काठमाडौँ - सरकारले चालू आर्थिक वर्षको हिमाल आरोहण सिजनमा आरोहीहरुबाट १० करोड बढी राजस्व संकलन गरेको छ। 


पर्यटन विभागका अनुसार गत एक महिनामा १० करोड ५५ लाख ९१ हजार ४ सय रुपैयाँ संकलन भएको हो। अमेरिकी डलरमा ७ लाख ९३ हजार ८ सय ५० राजस्व संकलन भएको हो । चालू आवको सिजनमा ९ हिमाल आरोहण गर्न १०६ पुरुष र ४२ महिलासहित १ सय ४८ जनाले अनुमति पाएका छन्। उनीहरु कुल १७ टोलीका रहेको विभागले जनाएको छ। यस अनुसार आमादब्लममा २३ जना, हिमलुङ हिमालमा ५, जुगल ३ मा १, अन्नपूर्ण १ मा २५, सगरमाथामा ६३, पुठ हिउँचुलीमा ७, खांग्री शारमा २, कञ्चनजंघामा ७ र धौलागिरि हिमाल चढ्न १५ जनाले अनुमति लिएका हुन्। उनीहरुबाट सो परिमाणमा राजस्व संकलन भएको हो। 


 

१ महिना अगाडि

प्रतिक्रिया