विद्युतीय कार ‘अवतार–१२’को मूल्य घट्यो

३ हप्ता अगाडि

काठमाडौं- चांगान मोटर्सको अवतार विद्युतीय कार ब्राण्डमा बनेको ‘अवतार–१२’को मूल्य घटेको छ । चिनियाँ टेक्नोलोजी जायन्ट हुवावेको टेक्नोलोजी प्रयोग भएको अवतार(१२ एक इलेक्ट्रीक सेडान कार हो ।

चिनियाँ उत्पादकले अवतार-१२ को मूल्य झण्डै १२ प्रतिशतले नै कटौती गरेको हो । उक्त कारलाई स्मार्ट इलेक्ट्रीक कार मानिन्छ ।

अवतार ब्राण्डमा चांगानको ४१ प्रतिशत, सीएटीएलको १४ प्रतिशत, चोङकीङ चेङगान फाउण्डेसनको ११ प्रतिशत र अन्य विभिन्न इन्भेष्टमेन्ट ग्रुपको लगानी रहेको छ । यो ब्राण्डमा ह्वावेको टेक्नोलोजी प्रयोग भएपनि सिधा लगानी भने छैन । मार्च २९ मा पुन लन्च भएको अवतार १२ को सुरुवाती मूल्य ३६ हजार ८०० अमेरिकी डलर कायम गएिको छ । लामो साइजको सेडान भएकाले अवतारको लम्बाई ५०२० एमएम, चौडाई १९९९ एमएम र उचाई १४६० एमएम दिइएको छ । कारको ह्वीलवेस ३०२० एमएम छ ।

अवतार–१२ मा २३० किलोवाट क्षमताको सिंगल मोटर दिइएको यसमा थप १९५ किलोवाट अर्को मोटर पनि पाउन सकिन्छ । अवतार–१२ मा सीएटीएलले उत्पादन गरेको ९४.५ किलोवाट आवरको लिथियम आयोन टर्नरी ब्याट्री प्याक छ । यसलाई एक पटकको फुल चार्जमा सिंगल मोटरबाट ७०० किलोमिटर र ड्यूल मोटर सेटअपमा ६५० किलोमिटर गुडाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ । अवतार–१२ मा हुवावेको लाइडार सहितको एडास सिस्टम र हार्मोनी ओएस अपरेटिङ सिस्टम पाउन सकिन्छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया