दोस्रो इनिङ सुरू गर्दै हिरो मोटोकर्प

नयाँ इनिङको पहिलो हिट जुम स्कुटर, मुल्य कति ?

३ हप्ता अगाडि

काठमाडौं- हिरो मोटोकर्पले नेपालमा दोस्रो इनिङ सुरू गर्ने भएको छ । कम्पनीको नयाँ इनिङको पहिलो हिट जुम स्कुटर हुने भएको हो ।

हिरो मोटोकर्पले भारतमा बिक्री गर्दै आएको हिरो जुम ११० स्कुटर नेपालमा पहिलो पटक आउन लागेको हो । सीजी मोटर्सले आधिकारिक बिक्रेताको जिम्मेवारी लिएसँगै आउन लागेको जुम पहिलो नयाँ मोडल हो ।

हिरो जुम ११० झट्ट हेर्दा इलेक्ट्रीक स्कुटर भिडा जस्तै देखिन्छ । कम्पनीले जुम ११० को फ्रन्ट एप्रोनमा एक्स-सेप एलईडी हेडल्याम्प दिइएको छ । यसको ह्याण्डलबार कौलमा नै सानो विण्ड स्क्रीन पाउन सकिन्छ । यसको ह्याण्डलबारमा नै माउन्ट गरिएको हेलोजीन एलईडी बल्ब छ । त्यस्तै, जुम ११० को रियरमा पनि एक्स–सेप एलइडी टेल लाइट रहेको छ । यसको टेलल्याम्प डिजाइन र हेडल्याम्पको डिजाइन भने फरक देखिन्छ । यसको हेडल्याम्पमा भने कारमा हुने कर्नरिङ लाइट फिचरसमेत दिइएको छ ।

हिरो जुममा कम्पनीले स्मार्ट कनेक्ट फिचर दिएको छ । यसमा लाइभ ट्रयाकिङ, स्पीड अर्लट, जिओफेस अलर्ट, टोपल अर्लट, ट्रीप एनालाइसेस जस्ता धेरै फिचर प्रयोग गर्न सकिन्छ । हिरोले जुम स्कुटरमा ११०.९ सीसी सिंगल सिलिन्डर एफआइ इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा ८.०५ बीएच पावर तथा ५५०० आरपीएमा ८.७५ एनएम टर्क जेनेरेट गर्छ । भारतीय बजारमा तीन भेरियन्टमा उपलब्ध हिरो जुम ११० स्कुटर ५ कलर अप्सनमा छ । तीन भेरियन्ट मध्ये हिरो जुम भीएक्स र जेडएक्स भेरियन्ट नेपालमा उपलब्ध हुनेछ । सीजी मोटर्सले दुई भेरियन्टको मूल्य क्रमशः २ लाख ४९ हजार ९०० र २ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गर्ने अनुमान गरिएको छ ।

थप तिन मोडल सार्वजनिक गर्ने तयरीमा 

सीजी मोटर्सले जुम स्कुटर बाहेक अन्य थप तीन मोडल बिक्री सुरू गर्ने भएको छ । कम्पनीले बिक्री सुरू गर्ने अन्य तीन उत्पादन मोटरसाइकल हुन् ।

कम्पनीले एक्सपल्स २०० फोर भी, सुपर स्प्लेन्डर र स्प्लेन्डर प्लस मोडल आगामी वैशाख ३ गतेबाट बिक्री सुरू गर्ने तयारी गरिरहेको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया