ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

बुधबार, २१ चैत्र २०८०, ०८ : १७

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ।  बैंकले संस्थापक शेयरधनी दिलिप घलेको नाममा रहेको आठ हजार ७११ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर कित्ताको विवरण खुलाई आवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा दिनुपर्नेछ । 

 

बुधबार, २१ चैत्र २०८०, ०८ : १७

प्रतिक्रिया