राष्ट्रिय जीवन बीमा कम्पनीले तय गर्‍यो साधारण सभा मिति , के-के छन् एजेन्डा ?

विहीबार, २२ चैत्र २०८०, ०९ : ३९

काठमाडौँ। राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो। 
 
आगामी वैशाख १४ गते काठमाडौँ रामशाहपथमा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो ४ बजे उक्त सभा आयोजना हुने कम्पनीले जनाएको छ । उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा लेखा परीक्षकको प्रतिवेदन सहितको साबिकको राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९-७०, २०७०-७१ र २०७१- ७२ सम्मको वासलात, नाफा–नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सहित अनुसूचीहरू माथि छलफल गरी  पारित गरिनेछ।  

यस्तै सभामा आर्थिक वर्ष २०७६- ७७, २०७७- ७८ र २०७८- ७९ को लेखा परीक्षण गर्न महालेखापरीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजयसिंह पराजुलीको नियुक्ति र निजहरूको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।  
 

विहीबार, २२ चैत्र २०८०, ०९ : ३९

प्रतिक्रिया