बससेवाकोे ८१ सालमा एकासी अफर

विहीबार, २२ चैत्र २०८०, १६ : ३१

काठमाडौँ - नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एकासी अफर सार्वजनिक गरेको छ । 

यस अफर अन्तर्गत बससेवा मार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यस्तै हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन् । यो योजना चैत्र २५ गतेदेखि नयाँ वर्षको वैशाख ८ गतेसम्म सञ्चालन हुनेछ । विजेताहरूको नाम गोला प्रथाबाट चयन गरिनेछ र उक्त गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको आधिकारिक फेसबुक पेजबाट गरिनेछ । नयाँ वर्षको अफर बारे जानकारी दिँदै बससेवाका बिजनेस डेभलपमेन्ट प्रमुख डेनिसजंग थापाले भने, ‘आम यात्रुलाई अनलाइनबाटै बस टिकट काट्नको लागि प्रोत्साहन होस् भन्ने उद्देश्यले हामीले यो अफर सार्वजनिक गरेका हौँ, यो अफर अन्तर्गत केही यात्रुलाई भए पनि राहत पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’

विहीबार, २२ चैत्र २०८०, १६ : ३१

प्रतिक्रिया