रोयल इनफिल्डले ल्यायो नयाँ वर्ष अफर

शुक्रबार, २३ चैत्र २०८०, १६ : १०

काठमाडौं - रोयल इनफिल्डले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । 

कम्पनीले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा रोयल अफर २०८१ ल्याएको हो । प्रिमियय ब्रान्ड रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अल्फा अटोमोटिभले विभिन्न छुटका योजनासहितको नयाँ वर्ष स्कीम सार्वजनिक गरेको हो ।कम्पनीले ल्याएको नयाँ वर्ष स्कीम रोयल अफर २०८१ मा मोटरसाइकल किन्ने ग्राहकले सर्भिसमा १० प्रतिशत, गियर तथा एपरेलमा ४० प्रतिशतसम्म छुट पाउने छन् ।यसका साथै ग्राहकले फाइनान्स तथा एक्सचेन्च सुविधामा समेत रोयल इनफिल्ड मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

कम्पनीले तीन वर्षको फाइनान्स सुविधामा मोटरसाइकल उपलब्ध गराउने जनाएको छ । त्यस्तै आफुसँग भएको पुरानो मोटरसाइकल दिएर रोयल इनफिल्डका नयाँ मोटरसाइकल एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ । एक्सचेन्ज गर्दा बजार मूल्यमा उच्च मूल्याङ्कन दिने कम्पनीको भनाई छ । यसका साथै, कम्पनीले नयाँ मोटरसाइकल किन्ने ग्राहकलाई जेनेयून एसोसरिजमा १० प्रतिशत छुट पाउने छन् । अल्फा अटोमोटिभले हन्टर ३५०, क्लासीक ३५०, मेटिअर तथा स्क्रयाम ४५० विक्री गर्दै आएको छ । यो योजना कम्नपीको सबै आधिकारिक डिलरमा उपलब्ध हुनेछ ।

शुक्रबार, २३ चैत्र २०८०, १६ : १०

प्रतिक्रिया