नेपाली कन्टेनर चिनियाँ क्षेत्र प्रवेश

१ महिना अगाडि

काठमाडौँ - नेपाली कन्टेनरले सामान आयातका लागि चिनियाँ क्षेत्र प्रवेश पाउन भएका  छन् । 

२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि पहिलो पटक सामान आयातका लागि नेपाली कन्टेनर चीनको स्वशासित क्षेत्र खासा बजारको रमितेमुनिसम्म जान पाएका हुन् । तातोपानी नाकाबाट अहिले दैनिक दर्जनभन्दा बढी कन्टेनर, भ्यान रमितेभन्दा तलको भूभागमा रहेको आयात सेन्टरको यार्डमा सवारी र चालक जान पाइरहेका छन् । उक्त स्थानबाट नेपाली मालवाहक गाडी पुगेर पल्टी गरी सामान आयात गरिरहेका छन् तर भूकम्पले ध्वस्त खासा बजार पुनर्निर्माण भइरहेकाले त्यस स्थानमा नेपाली कन्टेनर जान पाएका छैनन् । 

प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले तिब्बतको खासा बजारमुनिको रमिते भन्ने स्थानबाट केही तलको क्षेत्रमा रहेको आयात सेन्टर यार्डमा सवारी र चालक सामान आयातका लागि जान पाइरहेको जानकारी दिए ।  अहिलेसम्म औपचारिक पत्र वा विवरण नआए पनि रमितेमुनिको क्षेत्रमा नेपाली मालवाहक गाडी पुगेर सामान आयात गरिरहेको उनले भने। रमितेमुनिको मोड क्षेत्रमा टेलर, कन्टेनर सामान आयातका लागि गइरहेका छन् । चीनको सिगात्सेबाट १३.७५ लामो टेलरलाई सामान आयात यार्डमा स्थान र प्रवेश निश्चित गरिएको छ ।

नाका पूर्ण रूपमा सञ्चालनका लागि यो कदम आशालाग्दो रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उमेश प्रधानले बताए । तातोपानी नाकालाई पुरानै लयमा फर्काउन चीन सरकारले गरेको उक्त कार्यप्रति नेपाल सरकार र नेपाली व्यापारी व्यवसायीमा उत्साह थपेको प्रधानले टिप्पणी गरे । चीनले आयातसँगै निर्यातमा पनि चासो देखाएको छ । फलफूल, लत्ताकपडा, विद्युत् सामान आयात भइरहेको छ । चीनले तातोपानी नाकालाई थप व्यवस्थित बनाउनका लागि विभिन्न योजना अघि सारेको छ । खासा बजारलाई स्मार्ट सिटी तयार गरी भौतिक पूर्वाधार र संरचना पुनर्निर्माणका कामलाई तीव्र गतिमा अघि बढाएको छ । करिब दुई वर्षभित्र पुनर्निर्माण कार्य सक्ने उसले लक्ष्य लिएको छ । 

 

१ महिना अगाडि

प्रतिक्रिया