काठमाडाैँ- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समेटिएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मङ्गलवार गरेको सम्बोधनको लागि प्रतिनिधिसभाको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ । गृहमन्त्री लमिछानेको सहकारी ठगीको विषयमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले संसद अवरोध गरीरहेको छ । तर, एमालेको बुधबार बसेको संसदीय दलको बैंठकले एमाले गृहमन्त्रीलाईल बोल्न नदिए आफुँले पनि प्रतिपाद गर्ने चेतावनी दिएका छन् ।, त्यसैले आजको संसदको बैठक रोचक र मुडभेड तर्फ उन्मुख भइरहेको छ ।
प्रतिक्रिया