थ्री स्टार हाइड्रोपावरले बोलायो साधारण सभा, यस्तो छ एजेन्डा ?

३ हप्ता अगाडि

काठमाडौँ। थ्री स्टार हाइड्रोपावर लिमिटेडले आगामी वैशाख २३ गते आइतबारका दिन वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा जर्मन होम्स, गठ्ठाघर–भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको चैत्र २३ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । उक्त सभाले हकप्रद शेयर निष्काशन गर्ने विशेष एजेन्डा पारित गर्नेछ । त्यसै गरी, उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने, सञ्चालक समितिमा सर्वसाधारण सेयर धनी ‘समूह ख’ को प्रतिनिधित्वको निम्ति दुई जना सञ्चालकको निर्वाचन हुनेछ ।

साथै सभाले, गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरू छलफल गरी पारित गर्नेछ । साथै, चालु आवका लागि लेखा परीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको गठन गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ । 

सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते शुक्रवार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया