इन्फिनिटी लघुवित्तमा रोजगारको अवसर, उमेर हद र शैक्षिक योग्यता कति ?

३ हप्ता अगाडि

काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारको अवसर खुलाएको छ। कम्पनीले कनिष्ठ सहायक (तालिमे) पद सहायक श्रेणीमा केही सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

यसका लागि कम्तीमा एसइई, प्लस टु वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। उमेरको हदमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा भने पाँच वर्ष थप हुनेछ । कम्प्युटर, मोटरसाइकल चलाउन जान्ने र सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत्र २५ गते) ले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Infinity-Laghubitta
 

३ हप्ता अगाडि

प्रतिक्रिया