एथरको नयाँ स्कुटर सार्वजानिक, ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठुलो सिट

३ हप्ता अगाडि

काठमाडौं- एथर इनर्जिले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले कम मूल्यको फ्यामिली स्कुटर एथर रिज्टा  सार्वजनिक गरेको हो ।

कम्पनीले २ ब्याट्री भेरियन्टमा भारतीय बजारमा रिज्टा सार्वजनिक गरेको हो ।

एथर ४५० एक्समा नै प्रयोग भएको ब्याट्री भएको रिज्टाको सुरुवाती मूल्य १ लाख १० हजार भारतीय रुपैयाँ मूल्य तोकेरे सार्वजनिक गरेको हो । यसको टप भेरियन्टको मूल्य भने १ लाख ४५ हजार रुपैयाँ तोकिएको छ । एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठुलो सिट दिएको छ । योसँगै रिज्टा पहिलो ट्रयाक्सन कन्ट्रोल फिचर भएको स्कुटर भएको छ ।

एस र जेड भेरियन्टमा क्रमश २.७ किलोवाट र ३.७ किलोवाट क्षमताको ब्याट्री उपलब्ध छ । यसको आइडिसी रेन्ज १२३ र १६० रहेको छ तर एथरले भने १०५ र १२५ किलोमिटर रेन्ज दावी गरेको छ । यी दुबै ब्याट्री आइपी ६७ प्रमाणित रहेको छ । यसमा दुई राइड मोड दिइएको छ जसमा जिप र स्मार्ट मोड रहेको छ । यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ । यो स्कुटर भारतीय बजारमा जुलाईदेखि डेलिभरी सुरु गर्ने जनाएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया