टियागो इभीको मूल्य एक लाख रूपैयाँले बढ्यो

३ हप्ता अगाडि

काठमाडौँ - नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले विद्युतीय गाडी टाटा टियागो इभीको सुरूवाती मूल्य योजना समाप्त भएको  छ। 

सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको अवसरमा कम्पनीले टियागो इभी नेपाली बजारमा आकर्षक मूल्यमा सार्वजनिक गरेको थियो। टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक हो। हालसम्म यस गाडीका एक हजार पाँच सयभन्दा बढी ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको कम्पनीले जानकारी गराएको छ। यस गाडीको खरिदमा सीमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरूले दर्शाएको रुचि र मागको कारण मार्चसम्म लम्बाइएको थियो। कम्पनीका अनुसार २०२४ अप्रिलको ५ तारिकदेखि टियागो इभीको सुरूवाती मूल्यको अवधि सकिएको छ। नेपालमा उपलब्ध टियागो इभीको सबै मोडलहरूमा एक लाख रूपैयाँले मूल्य वृद्धि भएको छ।


टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको छ। टियागो इभीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ। अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीका पाँच वटा प्रमुख विशेषताहरु कार्य कुशलता, प्रविधि, विश्वसनियता, चार्जिङ र आरामदायिता रहेका छन्। अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरू यसमा रहेका छन्।  दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ। सिप्रदी टियागो इभी लगायत अन्य आफ्ना विद्युतीय सवारी साधनहरूको ग्राहकहरूलाई उत्कृष्ट ढंगले सेवा गर्न सधै प्रतिवद्ध रहेको कम्पनीको भनाइ छ।  यसै प्रतिवद्धता स्वरुप सिप्रदीले देशकै सबैभन्दा बृहत इभी चार्जिङ एवं ग्राहक सेवा सञ्जाल निर्माण गर्दै आइरहेको बताएको छ। 

३ हप्ता अगाडि

प्रतिक्रिया