यज्डी स्क्रयाम्ब्लर मोटरसाइकलले ल्यायो नयाँ वर्ष अफर

३ हप्ता अगाडि

काठमाडौँ - यज्डी मोटरसाइकलको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटोइन्कले नयाँ वर्ष २०८१ को अवसरमा ‘जीवनमा एकपटक मात्र पाइने अफर’ सार्वजनिक गरेको छ । 

अफर अन्तर्गत हरेक राइडरले अविश्वसनीय क्याशब्याक र सबैभन्दा ठूलो छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । ‘हाम्रो शोरुममा आउने सबैले यज्डी स्क्रयाम्ब्लरलाई एकदम मनपराउनु भएको छ । उहाँहरूको यही उत्सुकतालाई साथ दिन हामीले नयाँ वर्षको अवसरमा यज्डी स्क्रयाम्ब्लरमा अविश्वसनीय क्यासब्याक र सबैभन्दा ठूलो छुट दिने योजना ल्याएको हौं’, अग्नि मोटोइन्कका उपमहाप्रबन्धक प्रत्युश श्रेष्ठले भने । अन रोड र अफ रोड सबै तिर चलाउन सकिने यो शक्तिशाली यज्डी स्क्रयाम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेहरूलाई लक्षित गरी ल्याइएको कम्पनीले बताएको  छ ।

यस मोटरसाइकलमा बीएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाको लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको छ ।अफरमार्फत मोटरसाइकल खरिद गर्न उत्तरढोका काठमाडौं तथा नेपालगन्जमा रहेका शोरुमहरूमा जान कम्पनीले आग्रह गरेको छ । यज्डी स्क्रयाम्ब्लरको साथै कम्पनीले यज्डी एड्भेन्चर र यज्डी रोड्स्टर पनि बिक्री वितरण गर्दै आएको छ । यज्डी मोटरसाइकल सन् १९६१ देखि राइडरहरूको मन जित्नै आएको मोटरसाइकल हो ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया