महुली लघुवित्तको ११औँ वार्षिक साधारण सभा आज बस्दै , यी हुन एजेन्डा ?

३ हप्ता अगाडि

काठमाडौं । आज चैत २६ सोमबारका दिन महुली लघुवित्तको ११औं वार्षिक साधारण सभा बस्दैछ । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन। सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेटिएको छ । 

साथै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। सभा प्रयोजनका लागि यसले चैत १४ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, चैत १३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।

३ हप्ता अगाडि

प्रतिक्रिया