काठमाडौँ महानगरद्वारा इन्टर्नका लागि आवेदन माग, शैक्षिक योग्यता कति ?

१ महिना अगाडि

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले इन्टर्नका लागि आवेदन माग गरेको छ।

महानगरपालिकाको स्वर्णिम योजना, 'एग्रो पुलिङ कार्यक्रम' मा महानगरपालिका क्षेत्रभित्रका कृषि भण्डारण, बिक्री स्थल, आयात, खपत लगायतको तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकोले १५ जना जनशक्ति आवश्यक रहेको बताएको हो।

यसका लागि कृषि विषयमा स्नातक तह अध्ययनरत वा उत्तीर्ण हुनुपर्ने मापदन्द तोकिएको छ । यस कार्यका लागि इच्छुकहरूलाई ७ दिनभित्र  internship. kathmandu.gov.np बाट आवेदन दिनका लागि सूचित गरिएको छ। अनलाइन फाराम भर्न कठिनाइ भए ९८१४३०००२८ मा सम्पर्क गर्न सकिनेछ । इन्टर्न विद्यार्थीले प्राप्त गर्ने सुविधा सम्झौता बमोजिम हुने महानगरको भनाई छ।

ktm mahanagr

१ महिना अगाडि

प्रतिक्रिया