सामुदायिक लघुवित्तमा रोजगारको अवसर,१५ दिनभित्र आवेदन दिनुपर्ने

३ हप्ता अगाडि

काठमाडौँ। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि रोजगारको अवसर खुलाएको छ। कम्पनीले कोशी प्रदेशका पहाडी जिल्लाहरू र बागमती प्रदेशका जिल्लाहरूमा कार्यक्षेत्र रहने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

कम्पनीले कनिष्ठ अधिकृत, सुपरिवेक्षक-वरिष्ठ सहायक,सहायक, कनिष्ठ सहायक- कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही सङ्ख्यामा आवेदन खुलाएको छ । उक्त पदहरूका लागि इमेल, इन्टरनेट र कम्प्युटर सञ्चालनसम्बन्धी ज्ञान भएको, संस्थाको स्वीकृत कार्यक्षेत्र भित्रका आवेदक र सवारी चलाक अनुमति पत्र भएकालाई प्राथमिकता दिइनेछ।

तोकिएको शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत्र २६ गते) ले १५ दिनभित्र दरखास्त आवेदन बुझाउनु पर्नेछ।

samudayik laghubitta

३ हप्ता अगाडि

प्रतिक्रिया