सामुदायिक लघुवित्तमा रोजगारको अवसर,१५ दिनभित्र आवेदन दिनुपर्ने

सोमबार, २६ चैत्र २०८०, ०९ : ४१

काठमाडौँ। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि रोजगारको अवसर खुलाएको छ। कम्पनीले कोशी प्रदेशका पहाडी जिल्लाहरू र बागमती प्रदेशका जिल्लाहरूमा कार्यक्षेत्र रहने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

कम्पनीले कनिष्ठ अधिकृत, सुपरिवेक्षक-वरिष्ठ सहायक,सहायक, कनिष्ठ सहायक- कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही सङ्ख्यामा आवेदन खुलाएको छ । उक्त पदहरूका लागि इमेल, इन्टरनेट र कम्प्युटर सञ्चालनसम्बन्धी ज्ञान भएको, संस्थाको स्वीकृत कार्यक्षेत्र भित्रका आवेदक र सवारी चलाक अनुमति पत्र भएकालाई प्राथमिकता दिइनेछ।

तोकिएको शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत्र २६ गते) ले १५ दिनभित्र दरखास्त आवेदन बुझाउनु पर्नेछ।

samudayik laghubitta

सोमबार, २६ चैत्र २०८०, ०९ : ४१

प्रतिक्रिया