नेपाल आउदैँ विङ्गो ह्याचव्याक कार

३ हप्ता अगाडि

काठमाडौं- विलिङको विङ्गो ह्याचव्याक कार नेपालको लागि हिडेको जानकारी सार्वजनिक भएको छ । विलिङ मोटर्स इन्डोनेशियाले आफ्नो शोसल मिडिया पेजमा गाडी हिडेको जानकारी दिएको हो ।

पारामाउन्ट मोटर्ससँग सहकार्य सुरु गरेसँगै नयाँ मोडल विङ्गो नेपाल आउन लागेको हो । सन् २०२३ मा इन्डोनेशियामा उत्पादन सुरु भएको विङ्गो मोडल जाकर्ताबाट काठमाडौंको लागि पठाइएको कम्पनीले जनाएको छ ।

विलिङ मोटर्स इन्डोनेशियाले लेखेको छ, ‘नेपाल सरकारले विद्युतीय साधनको प्रयोग बढाउन निकै सहयोगी भूमिका खेलेको र नेपाली आम जनमानसमा पनि विद्युतीय निकै रुचाईएको समयमा हामी जोडिन पाउँदा निकै खुसी छौं ।’ उसले पारामाउन्ट मोटर्ससँगको सहकार्यले अन्तर्राष्ट्रिय बजारमा कम्पनीको लक्ष्य भेट्टाउन सहज हुने जनाएको छ । कम्पनीले विश्वका १०० देशमा गाडी निर्यात गर्ने योजना बनाएको छ ।

यस्तो छन् विङ्गो ह्याचव्याकका विशेषता :

निकै सार्प डिजायनमा तयार भएको विलिङ विङ्गो मोडलमा ४९ किलोवाट क्षमातको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा ब्याट्री भने ३२ किलोवाट आवर क्षमताको छ ।

विङ्गो ईभीको साइज झण्डै सब फोर मिटर एसयूभीको बराबर रहेको छ । यसको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ ।

विलिङले आफ्नो कारलाई फिचर लोडेड बनाउन कुनै कसर बाँकी राखेको छैन । यसमा दुई वटा १०.२५ इन्चको स्कृन पाउन सकिन्छ । लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया