बजाजले नयाँ वर्षमा १ लाखसम्मको उपहार दिँदै

३ हप्ता अगाडि

काठमाडौँ - बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । 

बजाजले यस नयाँ वर्षमा ग्राहकहरूलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरू प्रदान गर्ने भएको हो । बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकहरूले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताहरूले रु। १ लाखसम्मको नगद उपहार पनि जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरूले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ ।

त्यसै गरी ३०५ डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरू सँग उपलब्ध हुनेछ । योजनाको बारेमा चर्चा गर्दै कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नयाँ वर्षको अवसर पारेर ग्राहकहरूका लागि यो योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौँ । ग्राहक वर्गको आवश्यकतालाई बुझेर हामीले यस योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा इएमआई र डाउन पेमेन्टजस्ता अफरहरू लिएर आएका छौँ ।’ 

३ हप्ता अगाडि

प्रतिक्रिया