६२० किलोमिटर रेन्ज दिने पहिलो लक्जरी एसयूभी ईटी ५ सार्वजनिक हुदैँ

३ हप्ता अगाडि

काठमाडौँ- जि मोटर्सको स्काईवेलको ईटी ५ नेपालमा सार्वजनिक हुने भएको छ । नयाँ वर्ष २०८१ साललाई स्वागत गर्दै स्काईवेलले नेपालमै पहिलो सबैभन्दा धेरै रेन्ज ६२० किलोमिटर दिने पहिलो लक्जरी एसयूभी ईटी ५ बैशाखको पहिलो हप्तामा सार्वजानिक गर्न लागेको हो । 

 पहिलो लक्जरी एसयूभी ईटी ५ले हालै मात्र  इटहरीमा  ३ दिने र्‍याली सम्पन्न गरेको छ । उक्त कार सार्वजानिक गर्नुको मुख्य उद्धेश्य  पर्यटन वृद्धिमा सहयोग हुने साथै ईभी लक्जरी एसयूभी ईटी ५ ले जस्तोसुकै कठिन बाटोको पनि सहज यात्रा गर्न सकिने र पूर्ण यात्राको मज्जा लिन सकिने साथै एक सिङ्ल फुल चार्जमा ६२० किलोमिटरभन्दा ज्यादा यात्रा सहजै गर्न सकिने जी मोटर्सका सिनियर म्यानेजर नबिन फुयालले आजको अर्थलाई बताएका छन् ।  


स्काइवेल ईटी ५ मा ग्राहकहरुले अत्याधुनिक फिचरसहित उच्च प्रविधियुक्त आरामदायी क्याबिन र लक्जरी सिट भएको उक्त कारको मुल्य भने १ करोड ९लाख तोकिएको छ । यसको लम्बाई  ४७२० एमएम, चौडाई १९०८ एमएमर उचाई १९७ एमएम रहेको छ । त्यस्तै सो कारकोे हुइल बेस २८०० एमएम र १२.६८ इन्चको टर्च स्क्रिन रहेको छ र कम्पनीले    अहिले नेपालका सबैखाले भू–भागमा टेस्ट गरी रहेको पनि उनले बताए ।

स्काईवेल ईटी ५का  एडभान्स फिचरहरु

  • अटो पाकिङ 
  •  प्यानारोमिक सनरुफ एवं मुनरुफ 
  •  उच्च १९० यमयमको ग्राउन्ड क्लियारएन्स प्राप्त गरी एउटा पूर्ण एसयूभीको मज्जा लिन सकिने 
  •  फाईभ स्टार सेफ्टी क्रायस टेस्ट प्राप्त
  • लिथियम ट्रिनरी ब्याट्रि सेग्मेन्ट अन्तर्गत ८५.९ किलोवाट आवरको ब्याट्री  प्याक रहेको 
  •  १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध 
  • म्याट्रिक्स लेजर हेड लाईट, प्यानारोमिक टेल ल्याम्ब भएको 
  • विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको 

यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। यस्को टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी रहेको छ, जस्ले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ्ग अनुभुती दिलाउने र  स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्ने कम्पनीले जनाएको छ ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया