ल्होत्से हलमा कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

मंगलबार, २७ चैत्र २०८०, ०७ : ४३

काठमाडौँ। आज नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको छ।  

बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।आज संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ। 
 
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै काँग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ।

मंगलबार, २७ चैत्र २०८०, ०७ : ४३

प्रतिक्रिया