मेवा खोला जलविद्युत आयोजना आइपिओ निष्कासन गर्ने तयारीमा

३ हप्ता अगाडि

काठमाडौँ। युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक भई निर्माणाधीन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ। 

यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात् साँढे ६७ करोड रुपैयाँ लगानी रहेको छ । ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा नम्बर  ३, ४ र ५ मा निर्माणाधीन मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ।

 यस आयोजनाको लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ। तोकिएको लागतमा, तोकिए कै समय अवधि भन्दा छिटो आयोजना सम्पन्न गर्ने गरी काम तीव्र गतिमा निर्माण कार्य भइरहेको युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष आशिष् थापाले बताए । 
 
२०७८ साल पुष महिनाबाट निर्माण सुरु गरिएको यस आयोजना २०८१ साल असोज महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीले जनाएको छ। उर्जा क्षेत्रमा सफल र अनुभवी उद्यमीहरुको लगानीमा निर्माणाधीन यस आयोजनाको साधारण सेयर (आइपिओ) निश्कासनको लागि कम्पनीले गृहकार्य गरिरहेको छ । 

सिटिजन्स क्यापिटल लि.लाई बिक्री प्रबन्धकमा नियुक्त गरी आइपिओ जारी गर्ने तयारी गरिरहेको छ। यस आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ सय जना भन्दा धेरैले रोजगारी पाएका छन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया