वैदेशिक रोजगारीमा घरेलु श्रमिक जोखिम बढ्दो

२ हप्ता अगाडि

काठमाडौँ - सरकारले वैदेशिक रोजगारमा घरेलु श्रमिकका रूपमा जान लगाएको बन्देजले  श्रम स्वीकृति नलिई अवैध प्रक्रिया र बाटो भएर रोजगारीमा श्रमिक गइरहेको छन् ।

जसले जोखिम बढाएको आप्रवासी महिला कामदार समूह (आमकास) नेपालको अध्ययनले देखाएको हो ।  वैदेशिक रोजगारमा जाने महिला श्रमिकलाई सचेतना, उद्धारलगायतमा सहयोग गर्दै आएको आमकासले सञ्चालन गरेको अल्पकालीन आश्रयस्थल (सेल्टर) मा आउनेमध्ये ७५ प्रतिशत महिला कागजातविहीन हुने देखिएको छ । आमकासका अनुसार गएको एक वर्षभित्र आमकासको सेल्टरमा बसेका १७२ जनामध्ये ७५ प्रतिशत कागजातविहीन रहेका छन् । 

आमकास नेपालका कार्यकारी निर्देशक विजया राई श्रेष्ठले १७२ जनामा ७५ प्रतिशत कागजातविहीन हुनुले सरकारले घरेलु काममा जानेलाई लगाएको बन्देजले निम्त्याएको जोखिम भएको स्पष्ट हुने बताए । यसरी कागजातविहीन भएकाहरू श्रम शोषण, ज्याला ठगी, मानव तस्करी तथा शारीरिक हिंसाको जोखिममा पर्ने बढी सम्भावना हुने गरेको श्रेष्ठको भनाइ छ । त्यसरी फर्केर आएकामध्ये आधाभन्दा बढी कुवेतबाट फर्केर आएका रहेका छन् । सेल्टरमा आएका १७२ जना महिलामध्ये ४० प्रतिशतलाई आकस्मिक स्वास्थ्य सेवा तथा कानुनी सेवा प्रदान गरिएको आमकास नेपालले जनाएको छ ।

सेल्टरमा आएकामध्ये १४ जनालाई कुवेत, ओमान र युएईबाट उद्धार गरिएको आमकासका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिएका छन्  । आमकास नेपाल सन् २०१६ मा वैदेशिक रोजगारीबाट फर्केका महिलाद्वारा स्थापित संस्थाले वैदेशिक रोजगारमा जाने र फर्केर आएका महिला श्रमिकको अधिकारको विषयमा आवाज उठाउने, दक्षता अभिवृद्धि, समस्यामा परेकाको उद्धार र पुनर्मिलन कार्यक्रम गर्दै आएको छ । 

 
 

२ हप्ता अगाडि

प्रतिक्रिया