रेनो मोटर्सको “उल्लासमय अफर -सुपर डुपर Price Delight"

३ हप्ता अगाडि

काठमाडौं - रेनो मोटर्सको नेपाल kaa laagi आधिकृत वितरक, एडभान्स्ड अटोमोबाइल्स प्रा. लि. ले 'सुपर डुपर Price Delight"  अभियानको शुभारंभ गरेको छ। 

२०८१ चैत ७ मा यो अभियानको शुरुवात गरिएको छ भने, सो क्याम्पेन जेष्ठ २०८१ को ११ गते सम्म लागु हुने कम्पनीले जनाएको छ। यस अभियानमा टप-सेलिङ्ग रेनो मोडलहरू छन्, जसमा Kwid RXT 'O' MT, Kiger RXE-MT, Triber RXL समावेश छ। यो विशेष अफर अंतर्गत, ग्राहकहरूलाई उल्लेखित मोडेलहरुमा अविश्वसनीय छुट प्राप्त गर्ने अवसर प्रदान गरिएको छ।Kwid RXT 'O' MT को मूल्य रु. १८.९९ लाखमा प्राप्त गर्न सकिनेछ। साथै, Kiger RXE-MT को मूल्य रु.२६.९९ लाख र Triber RXL  को मूल्य निर्धारित रु २१.९९ लाखमा प्रदान गरिएको छ।

कम्पनीको तर्फ़बाट अधिकारिक प्रतिनिधि भन्छन्, '२०८१ नयाँ वर्षको रेनो उल्लासमय अफरको रूपमा, हामी यस्तो आकर्षक अभियान  प्रस्तुत गर्न खुशी छौं।  हामी विश्वास गर्दछौं कि यो अफरले रेनो गाडिहरू किन्न इच्छुक ग्राहकहरूको आवश्यकताहरूलाई पूरा गर्ने छ।' रेनो मोटर्स, फोर व्हीलेर्स गाडीमा विश्वसनीयता र गुनास्थरका लागि प्रसिद्ध छ। 'सुपर डुपर Price Delight" अभियान बाट, रेनोले ग्राहकवर्गलाई प्राथमिकता दिएको कम्पनीले बताएको छ। 

३ हप्ता अगाडि

प्रतिक्रिया