नेक्सजेन म्यानेजमेन्टले युवा नव प्रबर्द्धकहरूको भेला गर्दै

२ हप्ता अगाडि

काठमाडौँ - नेक्सजेन म्यानेजमेन्टले काठमाडौँ मा युवा नव प्रवर्द्धकहरूको भेला गर्ने भएको छ । 

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बानेश्वर स्थित आनन्द भुमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । वर्षेनि दशौं लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । देशमै सानो पूँजीमा गर्न सकिने थुप्रै कामहरू छन् । तर सरकारी निकायको झै झमेला तथा बैंक बित्तिय संस्थाबाट सहि सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण बन्न सकिरहेको छैन । त्यसैले सिप, जाँगर र चाहना हुँदा हुँदै पनि वाध्य भएर युवाहरूको रोजाई विदेश हुन गइरहेको छ । 

यस्तो प्रतिकुल अवस्थामा युवाहरूलाई प्रेरित गर्न र उध्योग ब्यवशाय गर्ने वातावरण बनाउने गरि नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको हो । भेलामा युवाहरूको ब्यवशायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा संभाव्य देखिएका परियोजनाहरू स्थापना र संचालनको लागि बैंक वित्तिय संस्थासंग समन्वय गर्ने काम गर्ने छ।  नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.सम्पति ब्यवस्थापन र ब्यवसायिक परामर्श दिने गरि खोलिएको कम्पनी हो । गत फागुनबाट मात्र यस कम्पनीले सेवा प्रारम्भ गरेको हो । बैशाख ८ गतेको भेला पछि नेक्सजेनले नियमित रूपमा नव प्रवर्द्धक उध्यमीहरू सँग छलफल गरि उनिहरूलाई देशमै बसेर काम गर्ने गरि कार्यक्रम संचालन गर्ने कम्पनी जानकारी दिएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया