आज राष्ट्रियसभाको उपाध्यक्षका लागि चुनाव हुँदै, कस्को सम्भावना कति ?

२ हप्ता अगाडि

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज बुधवार निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि हिजो एमाले र कांग्रेसका तर्फबाट छुट्टाछट्टै दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 

सत्ता गठबन्धनबाट नेकपा एमालेकी विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो । 

यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् ।  तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।

एमाले उम्मेदवार घिमिरेलाई सत्ता गठबन्धनका दलहरूले मतदान गर्ने भएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार पुडासैनी भने अन्य साना दलहरूको मत तन्ने प्रयासमा छिन् । 

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी घिमिरे २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष मात्र बाँकी छ । राष्ट्रियसभाको सदस्य सङ्ख्याका अनुसार सत्ता गठबन्धनकी उम्मेदवार घिमिरेको पक्षमा बहुमत देखिन्छ ।

गठबन्धनमा रहेका दलहरूमध्ये माओवादी केन्द्रसँग १६, नेकपा एमालेसँग १०, नेकपा (एकीकृत समाजवादी) सँग ८ र जनता समाजवादी पार्टी |(जसपा) सँग ३ सदस्य छन् । राष्ट्रिय सभामा कांग्रेससँग १६ सांसद छन् ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया