कांग्रेसको अवरोधको बिच संसद् बैठक आज पनि, यी हुन कार्यसूची

२ हप्ता अगाडि

काठमाडौं। मंगलवारका दिन स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै अवरोध गरेपछि बैठक आजका लागि सारिएको थियो । 

बैठक बिहान ११ बजे बस्नेछ । संसदले आजको कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची रहेको जनाएको छ । 

त्यस्तै अर्थ मन्त्री वर्षमान पुनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले उत्तर दिने उल्लेख गरेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने सम्भावित कार्यसूची छ ।कांग्रेसले भने गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठनका लागि सरकार तयार नभए बैठक अवरुद्ध गर्ने चेतावनी दिदै आएको छ। 

२ हप्ता अगाडि

प्रतिक्रिया