शेयर धनीलाई गरिमा विकास बैंकको आग्रह: पुरानो नगद लाभांश बुझिलिनुहोस्

१ महिना अगाडि

काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले शेयर धनीलाई भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश बुझिलिन एक सूचना मार्फत आग्रह गरेको छ।

बैंकले गरिमा विकास बैंक र साविक शुभेच्छा विकास बैंक,साविक निलगिरी विकास बैंक र साविक साहारा विकास बैंकको साधारण सभाबाट पारित नगद लाभांश हालसम्म पनि केही सेयर धनीले बुझिलिन बाँकी रहेका उल्लेख गर्दै बैंकले लाभांश लिन सूचना जारी गरेको हो ।

यसका लागि सेयर धनीले गरिमा विकास बैंकको शेयर रजिस्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड,लाजिम्पाट,काठमाडौँमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ । साथै, ३५ दिनभित्र आर्थिक वर्ष २०७४-०७५ सम्मको नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिसम्मको बाँकी नगद लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा ९९० मा भएको व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने सूचनामा उल्लेख गरिएको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया