सीएफ मोटोका मोटरसाइकल बजारमा आउदैँ

३ हप्ता अगाडि

काठमाडौं- सीएफ मोटोले उत्पादन गरेका मोटरसाइकल पुनः नेपाली बजारमा बिक्रीको लागि उपलब्ध हुने भएको छ । लामो समयदेखि बिक्री बन्द रहेको सीएफ मोटोको मोटरसाइकल रिलायन्स ग्रुप अन्तर्गतको ऋषि टे«ड सेन्टरले बजारमा ल्याउने भएको हो ।

अन्ना इन्टरनेशल र रिलायन्स ग्रुपको सहकार्यमा आयात भइरहेको मोटरसाइकल कोभिड १९ संक्रमण पश्चात बिक्री बन्द भएको थियो । अब १२ दिनपछि पुन सीएफ मोटोका मोटरसाइकल बिक्री गर्ने भएको हो ।

कम्पनीले केही समय अघिदेखि सीएफ मोटोकै सव ब्रान्ड जिहोका इलेक्ट्रीक स्कुटरको बिक्री सुरु गरेको थियो । अब सीएफ मोटोका तीन मोटरसाइकल नेपाल ल्याउन लागेको हो । कम्पनीले अप्रिल २२ देखि नेपाली बजारमा सीएफ मोटोका मोटरसाइकल बिक्री सुरु गर्नेछ ।
सुरुवातमा कम्पनीले नेकेड स्पोर्टस मोटरसाइकल २५० एनके र ४५० एनकेका साथै २५० एसआर मोडल नेपाल ल्याउने भएको हो । कम्पनी स्रोतका अनुसार अपडेट सहितका नयाँ मोटरसाइकल नेपाल आउनेछन् ।

यसअघि कम्पनीले एनके २५० को मूल्य ५ लाख ५५ हजार ५०० रुपैयाँ, २५० एसआरको मूल्य ६ लाख ९० हजार रुपैयाँमा बिक्री गरेको थियो । अपडेटसहित आउने नयाँ मोटरसाइकलको मूल्य के कति हुन्छ भन्ने बारेमा कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन ।

३ हप्ता अगाडि

प्रतिक्रिया