महिन्द्राको ‘एक्सयूभी थ्रीएक्सओ’ नयाँ फिचरका साथ बजारमा आउदैँ

३ हप्ता अगाडि

काठमाडौं - महिन्द्राले आफ्नो चर्चित एक्सयूभी ३०० को फेसलिफ्ट मोडल ‘एक्सयूभी थ्रीएक्सओ’मा प्यानारोमीक सनरुफ समेत हुने भएको छ । सब फोर मिटर कम्प्याक्ट एसयूभीमा फिचरै फिचरले भरिपूर्ण भएर आउन लागेको हो ।

अप्रिल २९ तारिखमा बजारमा आउन लागेको एक्सयूभी थ्रीएक्सओका टिजरहरु कम्पनीले धमाधम बाहिर ल्याइरहेको छ । टिजरमा देखिए अनुसार एक्सयूभी थ्रीएक्सओमा पूर्णतया नयाँ डिजाइनमा आउने छ । यसमा नयाँ डिजाइनको भर्टिकल हेडल्याम्प सेटअप, रि–डिजाइन ग्रिल र अपडेटेड बम्पर पाउन सकिन्छ । एसयूभीको पछाडिको भाग पनि पुरै नयाँ बनाइएको छ । नयाँ वारपार कनेक्ट गरिएको टेललाइट, रि–स्टायल टेललाइट, नयाँ डिजाइनको डिउलटोन अलोय दिइएको छ ।

यसको एक्सटेरियरमा मात्र नभइ इन्टेरियरमा पनि धेरै परिवर्तन गरिएको देखिन्छ । ड्यासबोर्डमा फ्लोटिङ टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, मोर्डन डिजाइनको एचभीएसी कन्ट्रोल, १०.२५ इन्चको फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामेरा, भेन्टीलेटेड सिट, रियर एसीभेन्ट पाउन सकिन्छ । महिन्द्राले एक्सयूभी थ्रीएक्सओमा १.५ लिटर डिजेल इन्जिन, १.२ लिटर टर्बो पेट्रोल र १.२ लिटर डाइरेक्ट इन्जेक्सन टर्बो पेट्रोल गरी ३ फरक इन्जिन अप्सन दिएको छ । टीजीडीआई इन्जिनसँग ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स दिएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया