सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गनुपर्छ:अर्थमन्त्री पुन

४ हप्ता अगाडि

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रियामा सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने अर्थमन्त्री वर्षमान पुन अनन्तले बताएका छन् । मन्त्री पुनले सरकारलाई राजश्व तिरेर ढुक्कसँग व्यवसाय गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।

मन्त्रिमण्डल पुनर्गठनपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र आफूलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई अकारण तर्साउने खालका प्रचारमुखी काममा नलाग्न निर्देशन दिएको उनको भनाइ थियो । गल्ती गर्नेमाथि पर्याप्त छानबिन गरी तथ्यका आधारमा राज्यले कारबाहीको दायरामा ल्याउने भए पनि व्यक्तिको सामाजिक प्रतिष्ठामै आँच पुग्ने काम नगर्न अनुसन्धान गर्ने निकायका अधिकारीलाई मन्त्री पुनले आग्रह गरेका छन् ।

लोकतान्त्रिक मुलुकमा कोही पनि कानूनमाथि नहुने स्पष्ट गर्दै कुनै पेशा र व्यवसायका व्यक्ति विशेषमाथि आरोप लाग्दा सामग्र क्षेत्रमाथि आरोपित गर्ने प्रवृत्ति राम्रो नभएको उल्लेख गरेका छन् । राज्यको शक्ति कुनै पक्षमा वा विपक्षमा दुरुपयोग गर्न नहुनेमा उनले जोड दिएका छन्  । 
 

४ हप्ता अगाडि

प्रतिक्रिया