त्रिवेणी मोटोकर्पले भित्रायो विद्युतीय प्यासेन्जर भेहिकल र कार्गो भ्यान

३ हप्ता अगाडि

काठमाडौं - त्रिवेणी मोटोकर्पले नेपाली बजारमा प्यासेन्जर भेइकल र कार्गो भ्यानका रुपमा दुईवटा विद्युतीय गाडी भित्र्याएको छ । 

त्रिवेणीले डोंगफेंग कम्पनीका डीएफएसी इभी ३२ गाडीहरु नेपाल भित्र्याएको हो । १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेका यी गाडीहरुमध्ये प्यासेन्जर भेइकलमा १३ं१ सिट क्षमता रहेको छ । त्यसैगरी  कार्गो भ्यानमा २ सिट क्षमता छ भने यसमा ८.५ घन मिटरको कार्गो बक्स रहेको छ । एकपटकको फूल चार्जमा ३०० किलोमिटरसम्म यात्रा गर्न सकिने यो गाडीमा ५०.२३ किलोवाटको शक्तिशाली ब्याट्री रहेको छ । १०० किलोमोतर प्रतिघन्टा सम्मको तिब्र गतिमा चलाउन सकिने यी गाडीहरुलाई मात्र ४५ मिनेटमा ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ ।

यी गाडीमा ५ वर्ष वा २ लाख कि.मि सम्मको वारेन्टी प्रदान गरिएको छ । अत्याधुनिक सुबिधासम्पन्न र आरामदायी यात्राका लागि उपयुक्त यी बिधुतिय गाडीहरु नेपाली ग्राहक र यात्रुहरुको रोजाइमा पर्ने त्रिवेणी मोटोकार्पले बताएको  छ । यी गाडीहरुको लागि काठमाण्डौको जोरपाटीमा सर्भिस सेन्टर राखिएको छ भने पुतलीसडक स्थीत त्रिवेणी कम्प्लेक्समा यसको कार्यालय रहेको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया