एक वर्ष लाग्ने मारुती सुजुकीको इलेक्ट्रिक कार आउन

२ हप्ता अगाडि

काठमाडौं -  विश्व बजारमा ईभीको माग बढ्दो क्रममा रहेकाले अटोमाबाइल कम्पनीहरुलाई ईभीमा स्वीच हुन प्रेरित गरेका  छन्। 

इद्यपि ईभी अपनाउने सन्दर्भमा मारुती सुजुकी प्रतिस्पर्धी कम्पनीभन्दा पछाडि देखिन्छ। दक्षिण एशियाली बजारमा सर्वाधिक कार बिक्री गर्ने मारुती सुजुकीले हालसम्म इलेक्ट्रिक कार ल्याएको छैन। मारुती सुजुकीले २०२३ अटो एक्स्पोमा ईभीएक्स इलेक्ट्रिक कार सार्वजनिक गरेको थियो। सोसँगै मारुती सुजुकीको ईभी छिट्टै बजारमा उपलब्ध हुने अपेक्षा गरिएको थियो।ड्राइभस्पार्कका अनुसार मारुती सुजुकीको इलेक्ट्रिक कार किन्न अझै केही समय पर्खिनु पर्नेछ। रिपोर्ट अनुसार मारुती सुजुकी ईभीएक्स इलेक्ट्रिक कार बजारमा आउन अझै एक वर्ष लाग्न सक्छ।

२ हप्ता अगाडि

प्रतिक्रिया