८ लाख किलोमिटरस वारेन्टी भएको विद्युतीय मोटरसाइकल नेपालमा

२ हप्ता अगाडि

काठमाडौं-  विद्युतीय दुई पाँग्रे सवारी साधनमा पहिलो पटक ८ लाख किलोमिटरस वारेन्टी पाइने भएको छ । विद्युतीय सवारी साधन निर्माता कम्पनी अल्ट्रा भोइलेटले ८ लाख किलोमिटर वारेन्टी दिने भएको हो ।

नेपाली बजारमा समेत उपलब्ध अल्ट्रा भोइलेटको फ्ल्यागशिप मोटरसाइकल ‘एफ ७७’मा ८ लाख किलोमिटरसम्म एक्स्टेन्डेड वारेन्टी दिने घोषणा भएको हो । तर, नेपालमा अहिलेसम्म त्यो एक्सटेन्डेड वारेन्टीको सुविधा उपलब्ध भएको छैन ।

कम्पनीले एफ ७७ का ग्राहकलाई ३ वर्षदेखि ८ वर्षसम्म वा ६० हजार किलोमिटरदेखि ८ लाख किलोमिटरसम्मको वारेन्टी दिने जनाएको छ । विभिन्न प्याकेज बनाएर फरक-फरक किलोमिटर वा वर्षको थप वारेन्टी प्रदान गर्ने भएको हो । उक्त ब्याट्री वारेन्टीका बारेमा कुरा गर्दै कम्पनीका सह-संस्थापक निरज राजमोहनले भने, ‘ब्याट्री प्रविधिमा विश्वव्यापी रुपमा नै पायोनियर रहेको हाम्रो कम्पनीले दिएको वारेन्टीले विद्युतीय गतिशिलतामा क्रान्ति ल्याउने छ ।’

अल्ट्रा भोइलेटले पछिल्लो ब्याट्री र ड्राइभट्रेन वारेन्टीको फ्रेमवर्कमा उल्लेखनिय उपलब्धी हात पारेको छ । कम्पनीले टेष्ट मोडलको रुपमा प्रयोग गर्दै आएको एफ ७७ ले १ लाख किलोमिटर यात्रा तय गरिसकेको छ । यसको पर्फमेन्स लेभल अझै ९५ प्रतिशतभन्दा धेरै कायम रहेको कम्पनीले जनाएको छ । उक्त १ लाख किलोमिटर गुढेको मोटरसाइकलले ३०४ किलोमिटर आइडीसी रेन्ज प्राप्त गरेको छ । सोही मोटरसाइकलको नयाँमा आइडीसी रेन्ज ३०७ किलोमिटर थियो । मोटरसाइकलको पर्फमेन्समा गिरावट नआउनुका साथै १ लाख किलोमिटर यात्रा गर्दा ४ लाख ४१ हजार भारतीय रुपैयाँ उक्त मोटरसाइकलले बचत गरेको समेत कम्पनीको दावी छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया