घट्यो सुनको मूल्य

आइतबार, ०२ बैशाख २०८१, ११ : १९

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनचाँदीको मूल्य तोलामा एक हजार २०० रुपैयाँ घटेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन उक्त सुन एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ। चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार, ०२ बैशाख २०८१, ११ : १९

प्रतिक्रिया