चैत महिनामा घरजग्गा कारोबारमा गिरावट

३ हप्ता अगाडि

काठमाडौँ- आर्थिक बर्ष २०८०/८१ को चैत महिनामा घरजग्गा कारोबार घटेको छ । फागुन महिनाको तुलनामा चैतमा घरजग्गा कारोबार २.७१ प्रतिशतले घटेको हो । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैत महिनामा देशभरका मालपोत कार्यालयबाट साढे ४९ हजार ६ सय १२ वटा घरजग्गा किनबेच भएको छ । विभागको तथ्याङ्क अनुसार चैतमा ४९ हजार घरजग्गा लिखित पारित हुँदा ३८ हजार ७ सय ४० वटा घरजग्गाको रोक्का र २९ हजार १ सय ५२ वटा घरजग्गाको फुकुवा भएको छ । साथै सो अवधिमा १७ वटा अपार्टमेन्टको लिखित पारित भएको छ ।

विभागअनुसार साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो । त्यसैगरी भदौमा भदौमा ३५ हजार ६८६ वटा, असोजमा ३९ हजार ८८१ वटा र कार्तिकमा २६ हजार ४६ वटा घरजग्गा किनबेच भएको थियो । मंसिरमा ४१ हजार ८५१ वटा, पुसमा ४५ हजार २७५ वटा, माघमा ५० हजार ९२१ वटा र फागुनमा ५० हजार ९९८ वटा घरजग्गा किबनेच भएको थियो । चैतमा फागुनको तुलनामा करिब एक हजार कम घरजग्गा किनबेच भएको छ ।

चैत महिनामा सबैभन्दा बढी इनरुवा सुनसरी मालपोत कार्यालयबाट सबैभन्दा बढी घरजग्गा किनबेच भएको छ । उक्त कार्यालयबाट चैतमा २ हजार ८२ वटा घरजग्गा किनबेच भएको छ । विभागको तथ्याङ्कमा भद्रपुर झापा मालपोत कार्यालयबाट १८ सय ३५ वटा, जनकपुरधाम धनुषाबाट १८ सय २३ वटा, बेलबारी मोरङबाट १७ सय ९९ वटा, राजविराज सप्तरीबाट १३ सय २ वटा, मलंगवा सर्लाहीबाट ११ सय ८२ वटा र सिराहा कार्यालयबाट १ हजार ९८ वटा घरजग्गा किनबेच भएको तथ्याङ्कमा उल्लेख छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया