सिट्रोनको नयाँ वर्षको अवसरमा विशेष छुट अफर

२ हप्ता अगाडि

काठमाडौँ - फ्रेन्च अटोमोबाइल निर्माता सिट्रोनको नेपालस्थित आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नेपाली नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि विशेष छुट अफर ल्याएको छ।

सांग्रिला मोटर्सका अनुसार सिट्रोन सी३ र इ-सी३ गाडीको खरिदमा ग्राहकलेरु २,५०,००० सम्म फाइदा लिन सक्नेछन्। यस अफरअन्तर्गत नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्षसम्मको बीमा र एक्सचेन्ज बोनससमेत समावेश छन्। फ्रान्सेली ब्रान्डको १०३ वर्षको लेगेसी भएको सिट्रोनलाई इन्जिनियरिङ क्षमता, डिजाइन र नवीनताको प्रतीक मानिन्छ। सिट्रोनले इलेक्ट्रिक मोबिलिटी, एसयूभी, सेडान लगायतका गाडीहरू उत्पादन गर्दै आएको छ। अफरको बारेमा थप जानकारीका लागि सांग्रिलाका शोरूमहरूमा सम्पर्क गर्न सकिनेछ। यस्तै कम्पनीको अधिकारिक वेबसाइट र सम्पर्क नम्बरमार्फत पनि जानकारी लिन सकिनेछ।

२ हप्ता अगाडि

प्रतिक्रिया