केटीएम ३९० ड्युकको बुकिङ खुला

२ हप्ता अगाडि

काठमाडौँ - नेपाली बजारमा जेन ३ अर्थात थर्ड जेनेरेसनको केटीएम ३९० ड्युक उपलब्ध हुने भएको छ ।

केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले मूल्य घटाउँदै बुकिङ खुला गरेको हो । पहिलेको तुलनामा यसको मूल्य एक लाख रुपैयाँले घटेको छ । अब यसको मूल्य ८ लाख ९९ हजार ९ सय रुपैयाँ हुनेछ । यसका साथै बाइक बुकिङ गर्ने ग्राहकले ३१ हजार मूल्य पर्ने एरो हेल्मेट समेत पाउने छन् । करिव एक महिनामा ग्राहकलाई बाइक डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

अब केटीएम ३९० ड्युकमा ३९९ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन उपलब्ध हुनेछ, जसले ४५ एचपी पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । साथै यसमा टीएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टर्न बाई टर्न नेभिगेसन, कल अलर्ट, कर्नरिङ एबीएस, ट्रयाक्सन कन्ट्रोल, लन्च कन्ट्रोल, तीन राइड मोड जस्ता फिचर उपलब्ध हुने कम्पनीको भनाई छ । सो बाइकमा राइडरको कम्फर्टलाई उच्च प्राथमिकता दिइएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया