एसयूभी र्‍याङलरको फेसलिफ्ट मोडल लन्च हुदैँ

१ हप्ता अगाडि

काठमाडौं- अमेरिकी अटोमोवाइल ब्राण्ड जीपको लाइफ स्टाइल एसयूभी र्‍याङलरको फेसलिफ्ट मोडल लन्च हुने भएको छ । आगामी अप्रिल २२ मा फेसलिफ्ट जीप र्‍याङलर लन्च हुने भएको हो ।

लाइफ स्टाइल एसयूभी जीप र्‍याङलरको ओभरअल डिजाइनमा खासै परिवर्तन नभएपनि आइकोनीक ७ स्ल्याट ग्रिलमा भने नयाँ डिजाइन दिएको छ । नयाँ जीप र्‍याङलरमा ७ स्ल्याटको अल व्ल्याक ग्रील पाउन सकिन्छ । जुन अहिलेको डिजाइनभन्दा स्लीम देखिन्छ । ग्लोबल मार्केटमा जीप र्‍याङलरमा १० फरक डिजाइनमा १७ देखि २० इन्चको अलोय ह्वील सहित उपलब्ध छ । यसमा स्ट्याण्डर्ड सफ्ट टप, बडी कलर हार्डटप, हार्ड र सफ्टको कम्बाइन टप, फ्रन्ट प्यासेन्जरको माथि मात्रै खुल्ने सनराइज टप, ड्यूल हाफ डोर जस्ता अप्सन पाउन सकिन्छ ।

फेसलिफ्ट जीप र्‍याङलरको इन्टेरियरमा स्ट्याण्डर्ड फिचरको रुपमा १२।३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहने छ । उक्त सिस्टममा ‘यु कनेक्ट’को ५ वटा सिस्टम छन् । यसमा ६२ प्रकारको अफरोड ट्रयाल गाइड समेत दिइएको छ । वायलेस एप्पल कार प्ले र एण्ड्रोइड अटो तथा नयाँ सेमी डिजिटल इन्ट्रुमेन्ट क्लस्टर यसमा थपिएका फिचर हुन् ।

जीप र्‍याङलरमा २।० लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले २७० हर्सपावर र ४०० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो इन्जिनको साथमा ८ स्पीडको टर्क कन्भर्टर अटोमेटीक गियर बक्स दिइएको छ । जीपको सेलेक्ट्रयाक फुल टाइम फोर ह्वील ड्राइभ सिस्टम स्ट्याण्डर्ड रुपमा पाउन सकिन्छ । नेपाली बजारमा जीप र्‍याङलरको सहारा, रुवीकन र अनलिमीटेड रुवीकन गरी तीन वटा मोडल बिक्री हुँदै आएको छ । यसको सुरुवाती मूल्य २ करोड ८८ लाख रुपैयाँ तोकिएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया