हिरोका दुई पाङ्ग्रे सवारीसाधन नेपालमै उत्पादन सुरु

१ हप्ता अगाडि

काठमाडौं- चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले हिरोका दुई पाङ्ग्रे सवारीसाधन नेपालमै उत्पादन सुरु गरेको छ । नेपाल जनरल मार्केटिङबाट डिलरसिप खोसिएपछि चौधरी ग्रुपले यसको आधिकारीक वितरकको जिम्मा पाएको थियो ।

सिजी मोटर्सले नवलपरासीको सिजी उद्योग ग्राम भित्रै हिरो मोटरसाइकलको एसेम्बल प्लान्ट लगाएको छ । कम्पनीले त्यही प्लान्टबाट सुरुमा चार मोडलको उत्पादन सुरु गरेको हो ।

‘आजबाट उत्पादन सुरु भएको छ । अबको केही दिन भित्रै बिक्री सुरु गर्दैछौं । अहिले जुम स्कुटर, एक्सपल्स २०० फोर भी, सुपर स्प्लेन्डर र स्प्लेन्डर प्लस मोडल उत्पादन हुन्छ’, सिजी मोटर्स स्रोतले भन्यो । कम्पनीले नेपालमै एसेम्बल गरेको सुपर स्प्लेन्डर मोडलमा २६ हजारसम्म मूल्य घट्ने अनुमान गरिएको छ । एक्सपल्सको मूल्य भने २ हजार हाराहारीले मात्रै घटाउने तयारी भइरहेको डिलरहरुबाट बुझिएको छ ।

‘अहिले हामीले बुकिङ लिइरहेका छौं । मूल्य घट्ने भन्ने कुरा सर्कुलर भएको छ । बैशाखको तेस्रो साताबाट बिक्री सुरु हुन्छ’, एक डिलरले भने ।

१ हप्ता अगाडि

प्रतिक्रिया