एमजीको ग्राहकमैत्री योजना, कारमा ७ लाखसम्मको छुट

१ हप्ता अगाडि

काठमाडौं- एमजीका कारमा ७ लाखसम्मको छुट पाइने भएको छ । नयाँ वर्ष २०८१ सालको अवसर पारेर कम्पनीले ग्राहकमैत्री योजना ल्याएको हो ।

एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत एमजीका कारमा ग्राहकहरुले ७ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । एमजीले विद्युतीइ कारमा निःशूल्क स्पेयर टायर, ७ किलोवाटको एसी चार्जर र एक वर्षको सवारी कर दिने जनाएको छ । नगद छुटको स्कीम भने पेट्रोल कारहरुमा लागु हुनेछ ।

एमजीले कोमेट, एमजी–फोर र एमजी जेडएस ईभी बिक्री गर्दै आएको छ । साथै, एस्टर, हेक्टर, एचएस जस्ता पेट्रोल कार पनि बिक्री गर्दै आएको छ । सय वर्ष लामो इतिहास भएको बेलायती ब्रण्ड एमजीले नेपालमा आधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषता भएका साधन बिक्री गर्दै आएको छ ।

कम्पनीले बिक्री गर्दै सबै मोडलमा फरक अफर पाइने छ । यो अफर देशभर रहेका एमजीका २१ शोरुममा उपलब्ध हुनेछ ।

१ हप्ता अगाडि

प्रतिक्रिया