नेपालमै डबल भाइजर भएको हाफ हेलमेट उत्पादन

१ हप्ता अगाडि

काठमाडौं - नेपालको बुटवलस्थित मयुर स्टिल इन्डष्ट्रिजले डबल भाइजरसहितको यति ब्रान्डको हाफ हेलमेट बजारमा ल्याएको छ  ।

नेपालमै गुणस्तरीय हेलमेट उत्पादन गर्दै आएको कम्पनीले हाफ हेलमेटलको नयाँ मोडल बजारमा ल्याएको हो । कम्पनीले हाफ फेस हेलमेटमा फोर्जा मोडल उपलब्ध बजारमा ल्याएको छ । यो हेलमेट अनब्रेक एबल, वास गर्न मिल्ने तथा रियर स्पोइलर जस्ता फिचर रहेको कम्पनीले जानकारी दिएको छ । डबल भाइजर भएको फोर्जा नेपाली उत्पादनमा डबल भाइजर भएको पहिलो हाफ फेस हेलमेट भएको कम्पनीको दाबी छ । फोर्जा मोडलको मूल्य २ हजार २०० रुपैयाँदेखि सुरू हुने कम्पनीले जनाएको छ । त्यसैगरी, कम्पनीले फुल फेस हेलेमटमा राइडर मोडल सार्वजनिक गरेको हो । यो मोडलको मूल्य २ हजार ५०० रुपैयाँदेखि सुरू हुनेछ । यी दुवै हेलमेट आइएसआइ, आइएसओ र सीई सर्टिफाइड रहेका छन् ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया