कृषि मेशिनरी मर्मत तालिम सुरु

१ हप्ता अगाडि

काठमाडौँ - कृषि मेशिनरी मर्मत तथा सञ्चालन गर्ने गरी व्यावसायिक तालिम सुरु भएको छ । कृषि मेशिनरी औजार (पावर टिलर र मिनी टिलर) को मर्मत तथा सञ्चालन सम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको हो ।

सो १५ दिनसम्म चल्ने सो तालिममा २ जना महिलासहित २२ जनाको सहभागिता छ । तालिममा सहभागीले पावर टिलर र मिनी टिलरको चलाउन सक्ने, मर्मत गर्न सक्ने लगायत सिप सिक्ने छन् । ५० हजार बढी किसानले पवार टिलर र २ लाख बढीले मिनी टिलर प्रयोगमा छ । तर यी यन्त्रको अधिकांश मर्मत हुन नसकेर प्रयोग विहीन रहेको संघले जनाएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ र कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रले संयुक्त रूपमा तालिमको आयोजना गरेका हुन् । 

१ हप्ता अगाडि

प्रतिक्रिया