एक्स्काभेटरहरूको लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना

१ हप्ता अगाडि

काठमाडौँ- निर्माण उपकरण उत्पादन ब्राण्ड जेसीबीले जेसीबी इन्डियाले ट्रयाक गरिएका केही एक्स्काभेटरहरूको लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको छ । 

एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरू वितरण गर्दै आएको छ । एमएडब्लूको केन्द्रीय कार्यालय काठमाडौँमा छ भने नेपालभरि ३२ वटा शाखा कार्यालयहरू छन् र तीनवटा अपरेटर प्रशिक्षण संस्थानहरू छन् जहाँ युवाहरूलाई जेसीबी मेसिन चलाउन तालिम दिइन्छ । 

एमएडब्लूले नेपालमा आफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै उद्घाटन गर्दैछ । जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दीपक शेट्टीले नेपाल भ्रमणको क्रममा भने, ֺनेपाल हाम्रो लागि दक्षिण एसियाली क्षेत्रको महत्त्वपूर्ण बजार हो । यस क्षेत्रमा नेपालको नौलो पहिचान र स्थान छ, र हामीले हाम्रा ग्राहकहरूका लागि यहाँ सधैँ अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएका छौँ ।’

नेपालमा जेसीबीका १० हजार ५०० भन्दा धेरै उपकरणहरू सञ्चालनमा छन् । एमएडब्लूका प्रमुख डिलर विष्णु अग्रवालले भने, ‘विश्व स्तरीय जेसीबीका उपकरणहरूद्वारा ग्राहकहरूलाई सहायता गर्नेबाहेक हामीले नेपाली युवा जनशक्तिहरूलाई देशमै रोजगारका अवसरहरू प्रदान गर्न पाउँदा निकै गर्व गर्छौँ । एमएडब्लूले हाल करिब ५०० जनालाई रोजगारी दिएको छ भने चालकहरूका लागि तीनवटा विश्व स्तरीय प्रशिक्षण केन्द्रहरूमा पनि लगानी गरेको छ ।’

 

१ हप्ता अगाडि

प्रतिक्रिया