रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना

विहीबार, ०६ बैशाख २०८१, १६ : ३८

काठमाडौँ - रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा अत्याधुनिक ट्रेनिङ सेन्टर स्थापना गरेको छ।  

सो ट्रेनिङ सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिइनेछ भने, Freelance Mechanic, Automobile Diploma Holder, Rider Community, Moto-Vlogger/Moto-Blogger/ Moto-Journalist लाई समेत ट्रेनिङ प्रदान गरिने कम्पनीको भनाइ छ। यस ट्रेनिङबाट दक्ष जनशक्ति उत्पादन हुने विश्वास कम्पनीले लिएको छ। रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजय राम र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले ट्रेनिङको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
 

विहीबार, ०६ बैशाख २०८१, १६ : ३८

प्रतिक्रिया