निसानको ब्याट्रीसँगै कारको मूल्य ३० प्रतिशत घट्ने

१ हप्ता अगाडि

काठमाडौं - जापानीज अटोमोवाइल कम्पनी निसानले गिगा कास्टीङ टेक्नोलोजीको प्रयोग गरेर उत्पादन गर्ने सोलिड स्टेट ब्याट्रीको प्रयोगपछि कारको मूल्यमा ३० प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको छ ।

कम्पनीले जापानको योकोहामामा सोलिड स्टेट ब्याट्रीका लागि पाइलट प्रोडक्सन लाइन बनाउने भएको छ । उसले आफ्नो पहिलो सोलिड स्टेट ब्याट्री प्लान्ट आगामी वर्षको मार्चमा तयार गर्नेछ । उक्त प्लान्टको क्षमता १०० मेगावाट आवर प्रतिघण्टा रहने र प्रत्येक सिफ्टमा १०० जना कामदारले काम गर्ने जनाइएको छ ।‘नेक्ट जेनेरेशन ईभी’का लागि सोलिड स्टेट ब्याट्री एकदमै आवश्यक कम्पोनेन्ट हुनेछ । निसानको सोलिड स्टेट ब्याट्रीको इनर्जी डेन्सीटी परम्परागत लिथियम आयोन ब्याट्रीभन्दा दुई गुणा बढि हुने र चार्जिङ टाइम पनि कम हुनेछ ।

निसानले सोलिड स्टेट ब्याट्री कार, एसयूभीका साथै पीकअप ट्रकमा समेत प्रयोग गर्ने जनाएको छ । कम्पनीले सोलिड स्टेट ब्याट्रीको अलावा ठूलो स्केलको कास्टीङ मेसीन समेत प्रयोगमा ल्याउने भएको हो । गिगा कास्टीङ मेशीनको प्रयोगपछि उत्पादन लागतमा १० प्रतिशतले कमी आउने र कम्पोनेन्टको तौल २० प्रतिशतले घट्ने छ । निसानले नेक्स्ट जेनेरेशन भेहिकलहरु लाइटवेट आल्मुनियमबाट बनाउने जनाएको छ ।निसानका अनुसार सोलिड स्टेट व्याट्री र गिगा कास्टीङको प्रयोगपछि नेक्स्ट जेनेरेशन ईभीको लागत ३० प्रतिशतले कम हुनेछ । फलस्वरुप इभीको मूल्य परम्परागत कम्बस्चन पावर भेहिकलको वरावरी हुनेछ ।

१ हप्ता अगाडि

प्रतिक्रिया