आजबाट जुम स्कुटरको बिक्री सुरु

१ हप्ता अगाडि

काठमाडौं- आजबाट नयाँ स्कुटर जुम बिक्री गर्ने सुरु हुने भएको छ । सिजी मोटर्सले हिरो ब्राण्डको जुम ११० स्कुटर आजबाट बिक्री सुरु गर्न लागेको हो ।

कम्पनीले यसअघि नै बिक्री हुँदै आएको तीन मोटरसाइकलका र नयाँ स्कुटर जुम ११० आजबाट बिक्री गर्ने जानकारी यसअघि नै दिएको हो । गतवर्ष भारतमा सार्वजनिक भएको जुम पहिलो पटक नेपालमा २ भेरियन्टमा सार्वजनिक हुँदैछ । ११० सीसी क्षमाताको यो स्कुटरले होन्डा डिओसँग सिधा प्रतिस्पर्धा गर्नेछ । होन्डा डिओमा समेत ११० सीसी इन्जिन किन्न पाइन्छ । आज हामीले यी दुई मोटरसाइकलमा भएका भिन्नताहरु केलाउने प्रयास गरेका छौं ।

इन्जिन

होन्डा डिओमा १०९.५१ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन पाउन सकिन्छ । यो इन्जिनले ८ हजार आरपीएममा अधिकतम ७.७५ बीएच पावर तथा ५ हजार २५० आरपीएममा अधिकतम ९।०३ एनएम टर्क जेनेरेट गर्छ ।

हिरो जुममा ११०.९ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन उपलब्ध छ । यो इन्जिनले ७ हजार २५० आरपीएममा अधिकतम ८.०५ बीएच पावरका साथै ५ हजार ७५० आरपीएममा ८.७ एनएम टर्क जेनेरेट गर्छ ।

डाइमेन्सन

हिरो जुमको कुल तौल १०८ किलोग्राम रहेको छ भने होन्डा डिओको कुल तौल १०३ किलोग्राम छ । यी दुई स्कुटरको सिट हाइट र ग्राउन्ड क्लियरेन्स ५/५ एमएम फरक रहेको छ । होन्डा डिओको सिट हाइट ७६५ एमएम छ भने जुमको सिट हाइट ७७० एमएम छ । जुमको ग्राउन्ड क्लियरेन्स १५५ एमएम छ भने डिओको १६० एमएम छ ।

जुमको लम्वाई १८८१ एमएम, चौडाइ ७७१ एमएम, उचाई १११८ एमएम र ह्वीलवेस १३०० एमएम छ । त्यस्तै डिओको लम्वाई १८०८ एमएम, चौडाइ ७२३ एमएम, उचाई ११५० एमएम र ह्वीलवेस १२६० एमएम छ ।

इन्धन क्षमता

होन्डाले डिओमा ५।३ लिटर क्षमातको इन्धन ट्याङ्क दिँदा हिरोले जुममा ५।२ लिटर क्षमताको ट्याङ्क दिएको छ । हिरोले ४६।५ माइलेज दिन्छ भने होन्डाले ४८ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।

फिचर

यी दुबै स्कुटरमा एलइडी हेडल्याम्प, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ट्यूवलेस अलोय ह्वील, साइड स्यान्ड सेन्सर, इन्जिन किल स्वीच, डिस्क ब्रेक जस्ता फिचर पाउन सकिन्छ । हिरो जुममा भने कम्पनीले स्मार्ट कनेन्ट फिचर दिएको छ ।

मूल्य

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले दुई भेरियन्ट बिक्री गर्दै आएको बीएस ६ डिओको मूल्य २ लाख ५९ हजार र २ लाख ६९ हजार रुपैयाँ रहेको छ । हिरो मोटरसाइकलको लागि नयाँ डिलर नियुक्त भएको सिजी मोटर्सले पनि २ भेरियन्टमा नै जुम ११० विक्री गर्नेछ । मूल्य मूल्य २ लाख ४९ हजार र २ लाख ५९ हजार रुपैयाँ हुने कम्पनीले स्रोतले जनाएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया