हिरोले ल्याउदैँ पहिलो स्क्रयाम्बलर मोडल

१ हप्ता अगाडि

काठमाडौं - हिरो मोटोकर्पले  ‘माभ्रिक ४४० स्क्रयाक्बलर’को ट्रेडमार्क दर्ता गरेर नयाँ मोडल ल्याउने भएको छ ।

हिरोले केही दिन अघिमात्रै माभ्रिक ४४० को डेलिभरी सुरू गरेको थियो । कम्पनीले हार्ले एक्स ४४० कै इन्जिन प्रयोग गरेर माभ्रिक बजारमा ल्याएको हो । उक्त इन्जिनले २७.३ पीएस पावर तथा ३६ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले त्यहि इन्जिन प्रयोग गरेर अफरोड क्षमता भएको स्क्रयाम्बलर मोडल ल्याउने तयारीका साथ पेटेन्ट दर्ता गराएको हो । माभ्रिक ४४० जस्तै बडी डिजाइनमा आउने स्क्रयाम्बलरमा फराकिलो सिट र अफ रोडिङ ह्यान्डल हुनेछ ।

अफरोडलका लागि फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको स्पोक ह्वील प्रयोग हुने स्क्रयाम्बलरको उत्पादन बिक्री सन् २०२५ मा हुनेछ । नयाँ मोटरसाइकलमा ६ स्पीड गियरका साथै स्लिपर एसिस्ट क्लच, डबल च्यानल एबीएस, अलोय ह्वील, टर्न वाइ टर्न नेभिगेशन, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध हुनेछन् ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया