टोयोटा फर्चुनरमा डिजेल इन्जिनको साथमा माइल्ड हाइब्रिड सिस्टम थप

१ हप्ता अगाडि

काठमाडौं- टोयोटा फर्चुनरमा २.८ लिटर डिजेल इन्जिनको साथमा माइल्ड हाइब्रिड सिस्टम थपिएको छ । कम्पनीले भारतमा नयाँ हाइब्रिड फर्चुनर बिक्री गर्ने भएको हो ।

टोयोटामा रहेको डिजेल इन्जिनले २०४ पीएस पावर र ५०० न्यूटन मिटर पीक टर्क जेनेरेट गर्छ । फर्चुनरमा माइल्ड हाइब्रिड सिस्टमले थप १६ पीएस पावर र ४२ न्यूटन मिटर टर्क थप गर्नेछ ।

यसको ४८ भोल्ड हाइब्रिड भेरियन्टमा ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । टु ह्वील ड्राइभ र ४ ह्वील ड्राइभ दुबै अप्सन फर्चुनर आउने छ । फर्चुुनरमा प्रयोग भएको माइल्ड हाइब्रिड सिस्टममा ४८ भोल्डको ब्याट्री र इलेक्ट्रीक मोटर जेनेरेटर समेत छ ।फर्चुनरको माइल्ड हाइब्रिड इन्जिनले स्ट्याण्डर्ड डिजेलको भन्दा ५ प्रतिशत बढि माइलेज दिने कम्पनीको दावी छ । अहिले डिजेल इन्जिनले १४ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

माइल्ड हाइब्रिडसँगै फर्चूनरमा आइडल स्टार्ट स्टप फिचर समेत उपलब्ध हुनेछ । यसले ट्राफिकको समयमा गाडी रोकिँदा आफैँ अफ हुने र एक्सीलेटर थिच्दा गाडी स्टार्ट भएर गुड्ने हुन्छ । उक्त सिस्टमले जाममा गाडी रोकिँदा इन्जिन अफ भई थप इन्धन बचाउँछ । फर्चुनरमा माइल्ड हाइब्रिडसँगै सेफ्टी फिचरहरु समेत थपिएको छ । यसमा ३६० डिग्री क्यामराका साथमा टोयोटा सेफ्टी सेन्स एडास सुइट थप भएको हो । एडास अन्तर्गत एडाप्टीभ क्रुज कन्ट्रोल, अटोमेटीक इमर्जेन्सी ब्रेकिङ, व्लाइण्ड स्पट मोनिटर, लेनकीप असिस्ट, लेन डिपार्चर वार्निङ, हाइविम असिस्ट, फर्वाड कोलिजन वार्निङ जस्ता फिचर रहने छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया