सिएफ मोटो मोटरसाइकल र जिहो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु

१ हप्ता अगाडि

काठमाडौं - चिनियाँ टु-ह्विलर ब्राण्ड सिएफ मोटो र जिहो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु भएको छ । नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सोमबार एक कार्यक्रमबिच जिहो ब्राण्डको इलेक्ट्रिक स्कुटर र सिफ मोटो मोटरसाइलको बिक्री सुरु गरेको हो ।

कम्पनीले बिक्री सुरु गरेको जिहो एई ६ प्लस सिंगल ब्याट्री भेरिएन्टको मूल्य ३ लाख ४४ हजार ९०० र डवल ब्याट्री भर्सनको ३ लाख ९४ हजार ९०० तोकेको छ । अर्को नयाँ बाइक सिटी स्पोर्टको मूल्य ३ लाख ४९ हजार ९०० निर्धारण गरिएको छ । यसैगरी, सिएफ मोटो २५० एनके फनको ५ लाख ९९ हजार, २५० एसआर फनको ६ लाख ७४ हजार ९०० र ४५० एनकेको ११ लाख १९ हजार ९०० निर्धारण गरिएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया